७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षीया बालिका हत्या प्रकरणमा दाइ पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा दाइ पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मृतकका १५ वर्षीय दाइलाई पक्राउ गरिएको हो ।

मंगलबजार बस्ने भगबती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गतेरातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

सोही निवेदनका आधारमा खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव भेटिएको थियो ।

त्यसपछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा अनुसन्धान गर्दा दाइकै संलग्नता खुलेसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबजार एरियाबाट नियन्त्रणमा लिइएको हो ।