८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन

आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन
अ+ अ-

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

अध्यक्ष अर्जुन बगालेको सभापतिमा सम्पन्न साधारणसभाले नवीन दत्त संयोजकत्वको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले नयाँ अध्यक्षमा अधिकारी, उपाध्यक्षमा हरि गुरुङ, महासचिवमा तेजप्रसाद ढकाल र कोषाध्यक्षमा सुनिता अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै बोर्ड अफ डाइरेक्टरमा रमिता तुलाधार (महिला संयोजक), सन्तोष विश्वकर्मा र पत्रकार विष्णु विवेक निर्वाचित भएको निर्वाचन समिति संयोजक दत्तले घोषणा गरेका थिए ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

त्यसअघि संस्थाको साधारणसभामा अध्यक्ष अर्जुन बगालेले आफ्नो दुई वर्षे कार्यकालमा भएका कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष गणेश पोख्रेलले संस्गाको विगत दुई वर्षको आय व्ययसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारणसभाले ताली बजाएर पारित गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका पूर्व प्राध्यापक तथा समाजसेवी डा. विजयराज शर्माले दशकौ अघिदेखि नेपालबाट अमेरिका आएर संघर्ष गर्दै स्थापित भएपछि नेपालीहरुलाई जोड्न तथा नेपालको संस्कृति फैलाउन रकी माउन्टेन संस्थाको स्थापना गरिएको बताए । पछिल्लो समय नेपालबाट विदेशिने नेपालीहरुको संख्या बढिरहेको अवस्थामा नेपाली स्ंस्कृति विश्वभर फैलाउन सहयोग पुग्ने भन्दै यसका लागि नयाँ पुस्ताहरुमा पनि सांस्कृतिक आदानप्रदान जारी राख्नुपर्ने बताए ।

यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष भानु खरेलले आफ्नो मातृभूमि नेपालका लागि विश्वभर रहेका नेपाली जुट्नुको विकल्प नभएको भन्दै जतिसूकै मतभेद भएपनि अनेकतामा एकता अभियान जारी राख्नुपर्ने बताए । उनले एनआरएनएभित्रको विवादले केही समस्या निम्त्याएपनि नेपालको संस्कृति, भाषा र नेपालीबीचको भ्रातृत्व जहाँ रहेपनि जिवित राख्नुपर्ने बताए । साथै उनले नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकाबाट गर्न सकिने पहल धेरै रहेको भन्दै त्यसका लागि एनआरएनए अमेरिकाले अग्रसरता लिइरहेको जानकारी दिए ।

संस्थाका सल्लाहकार पदम विश्वकर्माले आधुनिक प्रविधिको समयअनुसार युवा पुस्तालाई नेतृत्वमा ल्याउँदै नेपालीभाषी तथा समुदायका संस्थाहरुमा सबैको सहभागिता बढाउनुपर्ने बताए ।

कार्यक्रमका सभापति अर्जुन बगालेले विगत दुई वर्षमा अमेरिकामा बढिरहेको नेपाली भाषी तथा समुदायको आपसी भेटघाट तथा संस्कृति आदान प्रदानका कार्यक्रमलाई निरन्रता दिइएको बताए । नेपालको विरता र संस्कृति विश्वभर फैलाउने ‘नेपाल डे परेड’ कार्यक्रम कोलोराडोबाटै सुरु गरिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि यस किसीमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आकृति राई अधिकारीले विगतमा सबै अग्रजको सल्लाह र कार्यसमितिमा महासचिव रहँदा गरेको काम तथा अनुभवले नेतृत्वमा आउन सहज भएको भन्दै आगामी दिनमा संस्थाको हितका लागि नयाँ नयाँ कार्यक्रम गर्ने बताइन् । अमेरिकामा नेपाली संस्थको नेतृत्वमा महिलाका रुपमा निर्वाचित हुँदा थप जिम्मेवारी बढाएको भन्दै उनले संस्थामा सबैको सहभागिता र नेपालका लागि थप गर्नुपर्ने सहयोग जारी राख्ने पनि बताइन् । कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।