१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

अब मुद्दा दर्ताकै दिन फैसला मिति !

अब मुद्दा दर्ताकै दिन फैसला मिति !
अ अ+ अ-

काठमाडौँ। जिल्ला अदालतले अब बढीमा डेढ वर्षभित्र कुनै पनि मुद्दाको अन्तिम किनारा लगाउनुपर्नेछ । हालै कार्यान्वयनमा आएका फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार तोकिएको मार्ग समूहबाट मुद्दाको कारबाही र किनारा हुनेछ । मुद्दा दर्ताकै क्रममा सेवाग्राहीले मुद्दा किनारा लाग्ने समय जानकारी पाउनेछन् । फरक मुद्दा व्यवस्थापन प्रणालीले कार्यविधिलाई अनुमानयोग्य बनाएको छ ।

सरल, सामान्य र विशेष मार्ग समूह गरेर तीन समूहमा मुद्दा विभाजन हुनेछन् । यसरी मुद्दा विभाजन गर्ने आधारसमेत तय गरेर सर्वोच्च अदालतले मुद्दा व्यवस्थापनसम्बन्धी दिग्दर्शन नै जारी गरेको छ । जिल्ला अदालतमा कार्यान्वयनमा आएको दिग्दर्शन उच्च अदालतमा भदौ १ बाट कार्यान्वयनमा आउनेछ । दिग्दर्शन अनुसार मुद्दाको प्रकृति, प्रतिवादीको सङ्ख्या लगायतका आधारमा सरल, सामान्य र विशेष मार्ग समूह निर्धारण हुनेछन् तर जिल्ला अदालतमा पुनरावेदनका रूपमा दर्ता र कारबाही हुने मुद्दामा सरल र सामान्य दुई मार्ग समूह मात्र हुनेछन् । यस्तै एकै दिन दर्ता भएका मार्ग समूहमा रहने देवानी र फौजदारी मुद्दासँगै हेरिने भएमा देवानी मुद्दालाई मूल मानी फौजदारी लगाऊ कायम गर्नुपर्नेछ ।

दिग्दर्शन अनुसार सरल मार्ग समूहमा रहने मुद्दा छ महिना, सामान्य मार्ग समूहका मुद्दामा १२ महिना र विशेष मार्ग समूहका मुद्दा १८ महिनामा फस्र्योट हुनुपर्नेछ तर तोकिएका मुद्दाको अङ्ग पुर्याई समयअघि किनारा लगाउन पनि बाधा भने नपर्ने दिग्दर्शनमा उल्लेख छ ।

कुनलाई कति समय ?
दिग्दर्शनले मुद्दाको प्रकृति अनुसार मार्ग तयार गरेको छ । सुरु कारबाही हुने दुनियाँवादी फौजदारी मुद्दामा तीन मार्ग विभाजन हुनेछन् । सरल मार्गमा परेका छ महिनाभित्र, सामान्यका एक वर्ष र विशेष मार्गमा परेका दुनियाँवादी फौजदारी मुद्दा एक वर्ष आठ महिनामा टुङ्ग्याउनुपर्नेछ । जिल्ला अदालतबाट सुरु कारबाही हुने सरकारवादी फौजदारी मुद्दाको पनि तीन मार्ग नै हुनेछन् । यसमा सरल मार्गको छ महिना, सामान्यको एक वर्ष र विशेष मार्गमा रहेकाको एक वर्ष आठ महिनाभित्रै फस्र्योट गर्नुपर्नेछ ।

कसरी हुन्छ वर्गीकरण ?
लगातार कारबाही र सुनुवाइ गर्ने मुद्दा, निषेधाज्ञाका निवेदन, अभियोग पत्रसाथ सबै प्रतिवादी पेस भएका मुद्दा, फौजदारी कार्यविधि संहिताका अनुसूची २ का मुद्दा, मुल्तवी र तामेलीबाट जागेका मुद्दा तथा जिल्ला अदालतमा कारबाही सबै पुनरावेदनमा सरल मार्गमा पर्नेछन् । यस्ता मुद्दा जिल्ला अदालतले छ महिनाभित्र किनारा लगाउनुपर्नेछ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।