१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत

माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत
अ अ+ अ-

दार्चुला । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान ग(यो । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले । बिओपी स्थापना भएको केही समयपछि सोही टोली आफ्नो भूमिको नक्सा र त्यहाँको अवस्था बुझ्न कालापानी हिँड्यो । तर, कालापानीतर्फ गएको सशस्त्र प्रहरीलाई माथिल्लो कौवा क्षेत्रमै अवरोध भयो । त्योभन्दा माथिल्लो क्षेत्र प्रस्थान गर्न खोज्दा उनीहरूलाई रोक लगायो, भारतीय एसएसबीले । सशस्त्र प्रहरी टोलीलाई उनीहरूले भने, ‘योभन्दा अघि जान सक्नुहुन्न । यो माथिकै आदेश हो ।’

गत ३१ वैशाखमा छांगरुमा सशस्त्रको बिओपी स्थापना भएको हो । यसअघि भारतले कृत्रिम रूपमा खडा गरेको कालापानीको मुहान र मन्दिरभन्दा झन्डै एक किलोमिटर तल आएर घेरा पर्खाल लगाएर बसेको छ भारतीय सुरक्षा टोली । सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र आफ्नो नक्सामा राखेर संसद्बाट नयाँ नक्सा पारित गराएपछि त्यस क्षेत्रमा तरंग उत्पन्न भएको छ ।

यो क्षेत्रमा सुरक्षाकर्मी मात्र होइन, स्थानीय पनि जान डराउँछन् । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।

नेपालले नक्सा जारी गर्नु र भारत तथा चीनबीच भएको पछिल्लो विवादका कारण यो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । गुन्जी कालापानी क्षेत्रमा अहिले दैनिक दर्जनौं गाडीमा सुरक्षाकर्मी तलमाथि आवतजावत गर्छन् ।

व्यासमा खटिएका सुरक्षाकर्मीका अनुसार कालापानीको मुहान मात्रै हेर्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् । ‘बरु ढुंगाको पर्खाल लगाएको क्षेत्रमै बसेर फोटो खिचेर फर्किनुप(यो,’ त्यहाँ पुगेका एक सुरक्षाकर्मीले भने ।

नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन् । गस्ती गरेकोबारे उनीहरूले माथिल्लो क्षेत्रमा मोटरसाइकलमै गएर खबर पु(याउँछन् । कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबीले रोक्ने गरेको छ । पहिलो घेरामा एसएसबी तैनाथ छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयमा त्रास छ ।

कालापानी हेर्न गएका व्यासका स्थानीय दीपक खाती भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद भएको बताउँछन् ।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी गुन्जी र नावी, कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नै भूमि भएको स्थानीय बताउँछन् । उनीहरूको रोटीबेटी र चेलीबेटीको सम्बन्ध पनि छ । तर, दुवै क्षेत्रमा अहिले सीमा विवादले सम्बन्ध नै उतारचढावको अवस्थामा पुगेको कतिपय स्थानीय बताउँछन् ।

गुन्जी र नावी गाउँ छांगरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ । तर, कुटी भने देखिँदैन । पुरानो नक्साअनुसार ६२ वर्ग किलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन । खाती भन्छन्, ‘नयाँ भूमिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अवरोध छ ।’

यही क्षेत्रमा रहेको ओम पर्वत नेपालले चिनेकै छैन । ‘ओम पर्वत पहिले पनि नेपालकै भूमि हो,’ व्यास–१ वडाध्यक्ष अशोक बोहराले भने, ‘तर त्यो क्षेत्रमा गएर दर्शन गर्न सकिने अवस्था छैन ।’ छांगरुका स्थानीय भन्छन्, ‘काठमाडौंमा राष्ट्रियताको नारा लाग्दा यो क्षेत्रका नागरिकले बढी समस्या झेल्छन् ।’

स्थानीय पुष्कर बोहरा भन्छन्, ‘जति काठमाडौंमा राष्ट्रियताको नारा लगाउँदै कालापानी हाम्रो भूमि हो भन्दै जान्छौं, त्यति भारतीय सुरक्षाकर्मीले यो क्षेत्रमा मजबुत उपस्थित जनाउँदै नेपालीलाई हिँड्डुल गर्न अवरोध गर्छ ।’

‘हामीले भूमिको रक्षा गरेका हौं । अहिले पो सुरक्षाकर्मी आए । यो क्षेत्रमा राष्ट्रियता र सीमामा बलियो उपस्थिति गराउने हो भने पहिले सडक पुर्याउनुपर्छ । हिँड्नलाई बाटो छैन अनि कसरी हाम्रो राष्ट्रियता बलियो हुन्छ ?’ उनले भने ।

विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्थे । कालापानीमा निर्माण गरिएको कालीमन्दिर र महाकालीको नक्कली मुहानसम्म विगतमा छांगरुका स्थानीयसमेत जाने गरेका थिए । दुई वर्ष अघिसम्म व्यासकै केही स्थानीय त्यो ठाउँमा पुगेर पूजापाठ गर्ने गरेको सुनाउँछन् ।

कालापानी क्षेत्रको भूगोल र भारतीय सुरक्षा उपस्थितिबारे नेपाली पक्षलाई जानकारी हुन्छ भनेर अवरोध गरिएको बुझाइ छ सुरक्षाकर्मीको । यसो त व्यासका छांगरुका स्थानीय पहिले कालापानी भएर चीनको ताक्लाकोट जाने गरेका थिए । तर, अहिले भने माथिल्लो कौवासम्म पुग्न स्थानीयमा समेत डर छ । गाईवस्तु चराउने क्षेत्रमै स्थानीय जान समस्या मान्छन् ।

भारतीय सुरक्षाकर्मीले माथिल्लो कौवासम्म आफ्नो नियन्त्रणमा राख्न थालेपछि स्थानीयले नेपालको सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्न पटक पटक माग गर्दै आएका छन् । ‘सशस्त्र प्रहरी गागाभन्दा पनि कौवा क्षेत्रमा उपयुक्त हुन्छ भनेर पटक पटक आग्रह गर्दै आएका छौं,’ वडाध्यक्ष बोहराले भने, ‘तर सशस्त्र प्रहरी गागामै बस्यो ।’

सशस्त्र प्रहरीका लागि कौवा क्षेत्र उपयुक्त मानिन्छ । भारतको गुन्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ । तर, हामीकहाँ भने झन्डै १० किलोमिटर तल गागामा छ ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्ने गरी गृहकार्य भइरहेको बताउँछन् । उनले भने, ‘जिल्ला सुरक्षा समितिबाट माथिल्लो कौवा राख्ने कि तल्लो कौवामा बिओपी राख्ने भन्नेबारे अध्ययन गर्न भनेका छौं । जमिन र भूगोलको अवस्था हेरेर सशस्त्र बस्छ ।’

सशस्त्र प्रहरीको छांगरुको गागामा गुल्म बस्ने गरी सरकारले निर्णय गरिसकेको छ । व्यासकै तिंकर, सुनसेरा र महाकाली नगरपालिकाको दत्तुमा सशस्त्र प्रहरी राख्न जिल्ला सुरक्षा समितिले निर्णय गरेको प्रजिअ पोखरेलले बताए ।

अहिले सशस्त्र प्रहरी भारतको सीमा जोडिएको लेकमको लाली, जौलजिवी, दुम्लीङर गागामा बसेको छ । सशस्त्र प्रहरीको सदरमुकाम खलंगामा गण स्थापना हुँदै छ । सीमा क्षेत्रमा सरकारको बलियो उपस्थिति गराउने गरी गृहकार्य भइरहेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।