१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी अस्पतालको उपचार शुल्क निर्धारण



अ+ अ-

काठमाडौँ  । निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो ।

सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । तह एक, दुई र तीन गरी मन्त्रालयले प्रतिदिन लिन पाउने शुल्क तोकेको हो । 

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा तह एक, दुई र तीन श्रेणीको अस्पताल तोकेर सङ्क्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन तीन हजार पाँच सय, मध्यम खालको अवस्थामा सात हजार र जटिल अवस्था भए १५ हजारसम्म रुपियाँ लिन पाउने गरी शुल्क तोकिएको बताउनुभयो । 

कोरोना उपचारका लागि सूचीकृत नभएका तर शङ्कास्पद बिरामीको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।