
काठमाडौं । घरेलु मैदानमा भएको यू-१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाल ओमानविरुद्ध ८ विकेटले विजयी भएको छ ।
ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई विकेट गुमाएर सजिलै पुरा गर्यो । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
नेपालको जितमा निरज यादव र साहिल पटेलले ८५ रनको साझेदारी गरे । निरजले २९ बलमा ४५ रन बनाए भने साहिलले २५ बलमा ३१ रन जोडे । कप्तान नरेन भट्ट १२ रन र सन्तोष यादव १० रनमा अविजित रहे ।
यसअघि टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको थियो ।ओमानका लागि जित ब्रजेस साहले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाउदा अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् ।
नेपालका बलर युवराज खत्री एक्लैले ५ विकेट लिएका थिए । यस्तै, सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १/१ विकेट लिए ।
नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ ।