१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?



अ+ अ-

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ।

सर्टको टुक्राको परीक्षण भारतको सुविधासम्पन्न फरेन्सिक ल्याबमा पठाउनुपर्ने राय गृह मन्त्रालयले परराष्ट्रलाई दिएको थियो। परराष्ट्रले भारतको दिल्लीस्थित नेपाली दूतावासमा समन्वय गरेकोसम्म देखिन्छ। तर, नमुना परीक्षण भने अझै भइनसकेको प्रहरी मुख्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला हत्या अनुसन्धानले थप पूर्णता पाउने दाबी गरे। उनले भने, ‘अनुसन्धान गर्ने प्रहरी कर्मचारीमाथि नै अदालतमा मुद्दा चलेको थियो। उनीहरूले सफाइ पाएका छन्। अब ती अनुसन्धान अधिकृतकै सहयोगमा थप अनुसन्धानअघि बढ्नेछ।’ घटना अनुसन्धनका लागि अहिले पनि सीआइबीको टोली कञ्चनपुरमै छ। घटना स्थलमा भेटिएको सर्टको टुक्राको परीक्षण प्रक्रियामै रहेको उनले बताए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।