१६ असार २०८३, मंगलवार
,
Latest
कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरबाट जुवातास खेलिरहेका नौ जना तीन लाखसहित पक्राउ



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट रु तीन लाख ३८ हजार ३४५ सहित नौ जनालाई पक्राउ गरेको हो ।  

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका दुई घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य, रामेछाप दोरम्बा गाउँपालिका तीन घर भई हाल काठमाडौँ सुन्धारा बस्ने  २९ वर्षीय सुमन श्रेष्ठ, ओखलढुङ्गा खिजीकाती गाउँपालिका–९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीयको आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ घर भएका ४७ वर्षीयको दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर रहेका छन् ।
 
त्यसैगरी काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौँ ठूलो भ¥याङ बस्ने २८ वर्षीय नारायण थापा मगर पक्राउ परेका छन् ।