३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
फाइल फोटो
अ+ अ-

भद्रपुर (झापा), १६ असारः जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ । प्रशासनले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन अनुरोध गरेको छ ।

जिल्लाका मुख्य नदीहरू कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्रहरू बाढीबाट बढी प्रभावित हुने गरेका छन् । जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा रहेका छन् ।

सम्भावित विपद्को सामना गर्न र जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रहरूलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापन र प्रतिकार्यको तयारीबारे जानकारी दिँदै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना नै बनाएर पूर्वतयारी अवस्थामा रहेका छौँ । जिल्लामा धेरै प्रकारका विपद्को सम्भावना भए तापनि प्राथमिकताका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप नै रहेको छ । त्यसैले जनधनको क्षति हुन नदिन हामीले सबै प्रकारका उपाय अवलम्बन गर्ने तयारी गरेका छौँ । प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग निरन्तर समन्वय भइरहेको छ ।”

झापामा बर्सेनि आउने बाढी र त्यसले पार्ने मानवीय सङ्कटलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीले यस वर्ष तल्लो तटीय क्षेत्रमा विशेष पूर्वतयारी र खाद्यान्न भण्डारणको व्यवस्था मिलाएको छ । यस सम्बन्धमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भन्नुभयो, “रेडक्रसको आँकडाअनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन् । विगतका वर्षहरूमा हामीले ठूलो मानवीय क्षति ब्यहोर्नु परेकाले यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिएका छौँ । हाम्रा १२० जनाभन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोली खोज तथा उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा छन् । आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्नलगायतका राहत सामग्री भण्डारण गरेर राखिएको छ । स्थानीय तह र सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षित आश्रयस्थल र राहत सामग्रीको व्यवस्थापन चुस्त बनाएका छौँ ।”

यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र उद्धार कार्यलाई प्रभावकारी बनाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ । यही असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा जिल्लाका भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई गरी पाँच वटा नगरपालिकाका २० नगर प्रहरीहरूलाई समुदायस्तरमा विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ ।रासस