४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री

रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए

रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए
अ+ अ-

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको अद्यावधिक अन्तिम नामावली सार्वजनिक गरेको छ।

महाधिवेशन निर्वाचनको प्रारम्भिक नतिजा प्रकाशनका क्रममा भएको प्राविधिक त्रुटि सच्याउँदै रास्वपाले यसअघि छुटेका पूजा बास्तोला र ध्रुवकुमार थापा मगरलाई निर्वाचित केन्द्रीय सदस्यका रूपमा समावेश गर्दै संशोधित नामावली सार्वजनिक गरेको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रारम्भिक नतिजा प्रकाशनपछि मतपरिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठको सट्टा ध्रुवकुमार थापा मगर निर्वाचित भएको पुष्टि भएको थियो। त्यसपछि ध्रुवकुमार थापा मगरलाई निर्वाचित केन्द्रीय सदस्य घोषणा गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।

त्यस्तै, प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशको मतपरिणाममा पनि त्रुटि भएको आयोगले स्वीकार गरेको छ। पुनः अध्ययन गर्दा सोम शर्माको सट्टा पूजा बास्तोला निर्वाचित हुनुपर्ने देखिएकाले उनलाई गण्डकी प्रदेशको प्रादेशिक (भूगोल) तर्फ निर्वाचित केन्द्रीय सदस्य घोषणा गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रारम्भिक परिणाम घोषणाका क्रममा भएको प्राविधिक त्रुटिलाई सच्याउँदै अद्यावधिक अन्तिम नामावली सार्वजनिक गरिएको स्पष्ट पारेको छ।