५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा



अ+ अ-

काठमाडाैँ । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । जिल्लाका आठ स्थानीय तहका १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनाका तीन हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताउनुभयो । जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

समग्र जिल्लाको ६८ प्रतिशत खोपको प्रगति भएको छ । खोप केन्द्र सङ्ख्या ८९ वटा रहेका छन् । कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।