२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको कसुरमा निलम्बित न्यायाधीश गिरीले पाए सफाइ



अ+ अ-

काठमाडौं । बलात्कारको कसुरमा जेलमा रहेका न्यायाधीश भुवन गिरीले सफाइ पाउनु भएको छ ।

आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै गिरीलाई सफाइ दिएको हो ।

यो पनि पढ्नुहोस- निलम्बित न्यायाधीश भुवन र उनकी पत्नी आरती बिच सम्बन्ध बिच्छेद हुने बाँके अदालतको फैसला

सम्बन्ध विच्छेदको मुद्दा दायर भइसकेकी श्रीमतीमाथि बलात्कार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्नुभएको थियो ।

यो पनि पढ्नु होस –डिल्लीबजार कारागारबाट निलम्वित न्यायाधीश भुवन गिरीको बकपत्र

न्यायाधीश गिरीमाथि आफ्नै कान्छी श्रीमतीले जबरजस्ती करणीको मुद्दा दायर गराउनु भएको थियो । यसअ अघि जिल्ला अदालत बाँकेले आरती रावल र न्यायाधीश भुवन गिरी बिच सम्बन्ध विच्छेद हुने फैसला गरेको थियो।उच्च अदालतले सफाइ दिने फैसला पछि न्यायाधीश गिरी थुनामुक्त हुने भएका छन् । गिरी हाल डिल्लीबजार कारागारमा रहनु भएको छ ।