२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाद्वारा नयाँ वर्षको शुभकामना व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष विस २०८२को उपलक्ष्यमा दिनुभएको भिडियो सन्देशमा उहाँले नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद मनस्थिति नबनोस् भन्नेमा आफू सधैँ सचेत र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी उहाँले केही दिनअघि तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड तथा प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त पनि गर्नुभएको छ ।