१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुले होटल , खुलेनन् घरवास



अ+ अ-

इलाम । करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् ।
 
कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि  होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्तहरू पूरा गर्नुपर्ने नियम राखिएको छ । श्रीअन्तु होमस्टे व्यवसायी सङ्घका सचिव रुद्र घिमिरेले भन्नुभयो, “हामीले केन्द्रको निर्देशन मान्दै होटल खोलेका हौँ, तर एक होटल÷कटेजमा एक दिनमा एक जना मात्र पाहुना राख्नुपर्ने शर्त छ ।”  यसका स्थानीय व्यक्तिलाई मात्र बस्ने दिने नियम बनाइएको छ । शङ्कास्पद र टाढाको व्यक्ति राख्न नमिल्ने नियम बनाइएको उहाँले बताउनुभयो ।

व्यवसाय नै ठप्प भएर आर्थिक स्थिति नाजुक बनेपछि खोल्नुपर्ने बाध्यता आइलागेको उहाँको भनाइ छ । तर होटल र कटेजमा पाहुनालाई स्यानिटाइजर दिने, ज्वरो मापन गर्नुपर्ने नियम राखिएको छ । उहाँले भन्नुभयो “हामीले होटल÷कटेज खोल्यौ भन्ने सन्देश मात्र दिएका हौँ ।” होटल र कटेज खुले पनि अन्तुका होमस्टे भने साउनभर नखुल्ने भएका छन् । होमस्टे एशोसिएसन नेपालले खुनाउन अनुरोध गरे पनि कोरोनाको जोखिमले होमस्टे नखुलेका हुन् ।
 
होमस्टे खुल्नेबित्तिकै ठूलो सङ्ख्यामा पर्यटक आउन सक्ने भएकाले होमस्टे १५ दिनपछि मात्र खुल्ने जनाइएको छ । श्रीअन्तुडाँडा सामुदायिक होमस्टे अन्तुका अध्यक्ष धनबहादुर आलेका अनुसार आगामी भदौ १ गतेबाट मात्र होमस्टे खुलाउने निर्णय भएको छ । 
 
सूर्योदय नगरपालिकास्थित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल÷कटेज छन् । अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् ।