११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारी नियन्त्रणका लागि थप सात करोड निकासा



अ+ अ-

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार रु सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र श्ययाको  सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न रु एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि रु एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि रु ७५÷७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि रु ५०÷५० लाख निकासा गरिएको छ । आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।