काठमाडौं । नेपाली बजामा केहि दिनदेखि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुन बिहिबार ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार तोलाको ५ सय बढेर ९९ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार ३ सयले बढेको हो ।
अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो देखिएको छ । केहि दिनदेखि लगातार उकालो लागेको सुनको मुल्य शुक्रबार भने ९९ हजार ३ सय पुगेको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज तोलामा १२ सय पुगेको छ ।











