२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आफ्ना पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।

सोही समयमा वर्षा भएसँगै अँधेरो हुन लागेसँगै डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण रायले अविजित १०४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन जोड्यो ।

नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । नरेनले ७५ बलमा ६७ रन बनाए । यस्तै, दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रन जोडे । बलिङतर्फ युएईका उदिस सुरीले ३ विकेट लिए ।

मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो । जितसँगै नेपालले २ अंक जोडेको छ ।