९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक

बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक
अ अ+ अ-

काठमाडौं ।आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् । तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ ।

पारिवारिक आत्मीयता कमजोर, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी र बालबालिका र अभिभावकबिच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने भएकाले आपसी झगडा वा दूरी बढ्ने समस्या पनि पछिल्लो समय घातक रूपमा देखिन थालेको छ । यसले बालबालिकाको शिक्षामा प्रभाव देखिने, सामाजिक सम्बन्धहरू कमजोर हुने तथा संवेदनशीलता हराउने खतरा हुन्छ ।

वैशाख १९ गते रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’ले यही संवेदनशील विषय उठान गरेको छ । हालै, यसको पोस्टर सार्वजनिक गरिएको छ, जहाँ स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ, भने पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार देख्न सकिन्छ । यसले चलचित्रको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकराबलाई सङ्केत गर्छ ।

प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश बोकेको यो चलचित्रले एक बालिकाको डिजिटल लतको यात्रा भन्ने निर्देशक यादवकुमार भट्टराईले बताए । यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले अभिभावक, शिक्षक, नीति निर्माता र सम्पूर्ण समाज मिलेर बालबालिकालाई डिजिटल कुलतबाट जोगाउनु आजको आवश्यकता रहेका कारण चलचित्रको माध्यमबाट आफूले कथा भन्न खोजेको बताए ।

मिडिया फर कल्चर प्रा।लि। को ब्यानरमा निर्माण गरिएको चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा।लि। को प्रस्तुति रहेको । यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् भने जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।