६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य-फोटो फिचर

गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य-फोटो फिचर
अ+ अ-

काठमाडौं:  पश्चिमी भेगमा सुरुभएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो। त्यसपछिको लगातार झरीले खुला आकाशमुनी तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँ भित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो । अबसाँझको कन्सर्ट के होला यो चिन्ता र चाँसो कै बीच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै सुरु भएर भब्य रुपमा सम्पन्न भएको छ ।

 अष्ट्रेलियाको एक महिना लामो यात्रा सकेर अनि सिड्नीमा साँढे पाँच हजार दर्शक अटाउने हलको सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएपछि त्यसै हलमा फेरि भरिएका दर्शकहरुमाझ दोश्रो शो गरेर फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताकै बीच पनि स्वदेशका दर्शकहरु माझ उत्तिकै बलियो उपस्थिती दर्शाउन सफल भएको छ ।

अनलाइन र स्थानीय टिकट बुथबाट अग्रिम टिकट काटेका दर्शकको उपस्थितीलाई मध्यनजर गर्दै शनिबारको कन्सर्ट सुरुहुनुभन्दा दुइ घन्टा अगावै अर्थात् बेलुकी साँढे चार बजे प्रवेशद्वारहरू खुला गरिएका थिए । त्यसपछि नेपथ्यको परम्परालाई निरन्तरता दिंदै निर्धारित समयमै अर्थात् घडीले ठीक साँढे छ बजाउने बित्तिकै कन्सर्ट सुरुभएको थियो ।

ब्याण्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरुभएको गीतहरुको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाहरुबाट अघि बढ्दै गयो ।

नेपथ्य मेरो सिँगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्याण्ड हो,’ दर्शकमध्ये चर्चित उपन्यासकार सुबिन भट्टराइको प्रतिक्रिया थियो, ‘यसका गीतहरु सुनिरहँदा म आफ्नो युवा र किशोर कालमा पुगेको महशुस गर्छु । नेपथ्यको बारेमा लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको ।’

ब्याण्डको बाह्रौं प्रस्तुती ‘गाउँ गाउँबाट उठ’ देखि भने कार्यक्रम तीब्र गतिका गीतहरुमा प्रवेश ग¥यो ।

यसरी हजारौं दर्शकश्रोताहरुका बीचमा उभिएर नाच्दैचिच्याउँदै कन्सर्टको मज्जा लिँदा बेग्लै रमाइलो हुँदोरहेछ,’ यसअघि बन्द कोठा भित्र बजेका नेपथ्य गीतहरु मात्र सुनेको अनुभव बोकेका र पहिलोपटक सपरिवार कन्सर्टमा उपस्थित भएका उपन्यासकार भट्टराइको भनाइ थियो, ‘नभएको उर्जा पनि आफुमा सञ्चार भएको महशुस गरेँ ।’

उता इलामका इन्जिनियर सन्तोष श्रेष्ठ भने तन्नेरी वयमा साथीहरुसँग बसेर क्यासेट प्लेयर बजाउँदै नेपथ्यको गीत सुनेको क्षण सम्झना गर्दैथिए ।

नेपथ्यका गीतमा सँगै बसेर रमाउने ती साथीहरु अहिले कता गए थाहा छैन,’ सन्तोष थपिरहेका थिए, ‘तरकन्सर्ट हेरिरहँदा भने एकैछिन भए पनि त्यो समय फर्केर आएको महशुस हुँदोरहेछ ।’

कन्सर्ट हेर्नकै लागि उपत्यकाको उत्तरपूर्वी कुनासम्म पुगेका दर्शकहरुको भिडमा विदेशी अनुहार पनि उत्तिकै देखिन्थ्यो । तिनैमध्ये एक वैवाहिक समारोहमा सरिक हुन इस्टोनियाबाट आएकी मारिया इभानोभो पनि थिइन् ।

मलाइ मौलिक पहिचान बोकेका संगीतहरुमा असाध्यै रुची छ,’ उनले भनिन्, ‘त्यसबाहेक यो कन्सर्टमा गाइएका गीतहरु भित्रि मनैबाट निस्केका आवाज जस्तो लागिरहेको छ ।’

अष्ट्रेलियाबाट अध्यनको लागि आएका जेम्स स्मिथ भने साथीहरुले यो कन्सर्टका बारेमा उल्लेख गरेपछि हेर्नआएको सुनाइरहेका थिए ।

कन्सर्टमा मुख्य गायक अमृत गुरुङले सँधैजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकहरुलाई प्रोत्साहित गरेका थिए। त्यस क्रममा उनले आफ्ना गीतहरु यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए ।

विहानैदेखि झरीले गर्दा यत्रो ठूलो आयोजना अब के होला भनेर एकछिन आँत्तिएका थियौं,’ स्थानीय आयोजक संस्था ग्राउण्ड अफ इभेन्ट्स् का श्याम श्रेष्ठ भन्छन्, ‘तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भब्य प्रस्तुती र उपस्थितीका साथ सम्पन्न भएको छ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा निरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए ।

 फोटोहरु – दिपित राज / नेपालय