६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ । पूर्वरावादीद्वारा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो ।

उनीहरुले आगजनी गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । आगजनी गर्नेले पूर्वराजा र पूर्वरानीको फोटो भएको टिसर्ट लगाएको भिडियोमा देख्न सकिन्छ ।