२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्याले आफ्नो वाचा पूरा गरे, काश्वी गौतमलाई ब्याट उपहार दिए



अ+ अ-

एजेन्सी । आईपीएल टोलि मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले काश्वी गौतमलाई दिएको वाचा पूरा गर्दै उनलाई ब्याट उपहार दिएका छन् ।

महिला प्रिमियर लिग (डब्लुपीएल)को समयमा काश्वीले अलराउन्डरसँग ब्याट मागेकी थिइन् । हार्दिकले आफ्नो वाचा पूरा गरेका हुन् ।

काश्वी डब्लुपीएलमा गुजरात जायन्ट्सबाट खेल्छिन् । यस वर्षको महिला विश्वकप अघि भारतीय टोलीमा उनलाई समावेश गरिएको छ ।

पाण्ड्या डब्लुपीएल सिजनको समयमा गुजरातको खेल हेर्न गएका थिए जहाँ उनको भेट काश्वीसँग भएको थियो । भेटघाटको क्रममा, काश्वीका टोलीका साथीहरूले पाण्ड्यालाई भने कि काश्वी उनको ठूलो फ्यान हुन् र उनको ब्याटमा एचपी३३ लेखिएको छ ।

पाण्ड्या यसबाट धेरै खुसी भए र उनले काश्वीलाई आफ्नो एउटा ब्याट दिने वाचा गरे । दिल्ली क्यापिटल्स विरुद्धको खेल अघि पाण्ड्याले आफ्नो वाचा पूरा गरेका हुन् ।

काश्वी गौतमले डब्लुपीएल सिजनमा उत्कृष्ट प्रदर्शन गरिन् । उनी टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी बनिन् । उनले नौ खेलमा ६.४५ को इकोनोमी रेटमा ११ विकेट लिइन् ।