२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्याले आफ्नो वाचा पूरा गरे, काश्वी गौतमलाई ब्याट उपहार दिए



अ+ अ-

एजेन्सी । आईपीएल टोलि मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले काश्वी गौतमलाई दिएको वाचा पूरा गर्दै उनलाई ब्याट उपहार दिएका छन् ।

महिला प्रिमियर लिग (डब्लुपीएल)को समयमा काश्वीले अलराउन्डरसँग ब्याट मागेकी थिइन् । हार्दिकले आफ्नो वाचा पूरा गरेका हुन् ।

काश्वी डब्लुपीएलमा गुजरात जायन्ट्सबाट खेल्छिन् । यस वर्षको महिला विश्वकप अघि भारतीय टोलीमा उनलाई समावेश गरिएको छ ।

पाण्ड्या डब्लुपीएल सिजनको समयमा गुजरातको खेल हेर्न गएका थिए जहाँ उनको भेट काश्वीसँग भएको थियो । भेटघाटको क्रममा, काश्वीका टोलीका साथीहरूले पाण्ड्यालाई भने कि काश्वी उनको ठूलो फ्यान हुन् र उनको ब्याटमा एचपी३३ लेखिएको छ ।

पाण्ड्या यसबाट धेरै खुसी भए र उनले काश्वीलाई आफ्नो एउटा ब्याट दिने वाचा गरे । दिल्ली क्यापिटल्स विरुद्धको खेल अघि पाण्ड्याले आफ्नो वाचा पूरा गरेका हुन् ।

काश्वी गौतमले डब्लुपीएल सिजनमा उत्कृष्ट प्रदर्शन गरिन् । उनी टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी बनिन् । उनले नौ खेलमा ६.४५ को इकोनोमी रेटमा ११ विकेट लिइन् ।