२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तीन रनले हराउँदै कुवेतले जित्यो टी–२० आई शृङ्खला



अ+ अ-

काठमाडौँ । ङकङमा जारी चारदेशीय टी–२० आई शृङ्खला कुवेतले जितेको छ । फाइनल खेलमा नेपाललाई तीन रनले हराउँदै कुवेत च्याम्पियन बनेको हो ।

कुवेतले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिमसम्म लडाईं गरेपनि जित निकाल्न सकेन । नेपालका लागि बसिर अहमदले

८० रनको आक्रामक इनिङ्स खेलेपनि नेपाललाई जित दिलाउन सकेनन् । ४३ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, नन्दन यादवले १४ बलमा ३७ रन जोडे । उनले २ चौका र ४ छक्का प्रहार गरे ।

आसिफ शेखले २१ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल मल्ल, दिपेन्द्र सिंह ऐरीले खाता समेत खोल्न सकेनन् ।

कुवेतका लागि अनुदीप चेन्थमाराले तीन, यशिन पटेल रनवीनराज राजेन्द्रनले दुई–दुई तथा मोहम्मद अस्लाम र मोहमद शफिकले एक–एक विकेट लिए ।

त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

उसका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई–दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे ।