९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण
अ अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ ।

मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल रु तीन करोड ५० लाखको लागत मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ ।

आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक इ श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो । परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुङ्गेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त स्थानमा पर्खाल लगाएर शिवको मन्दिर आठ वटा खोपामा कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ । नेवारको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजनाअनुरुप बालकुमारी मन्दिरको स्थापना गरी प्रत्येक वर्ष वैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रागरी मन्दिरमा परिक्रमा गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बालकुमारी मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाबाट पहिलो पटक रु सात लाख ७५ हजार, बागमती प्रदेश सरकारबाट रु १५ लाख बजेट आएर दुई तलाको बालकुमारीसत्तल निर्माण जारी रहेको संयाजक श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाबाट आव २०७१/८० मा रु १४ लाख र आव २०८०/८१ मा रु २० लाख र आव २०८१/८२ मा रु २५ लाख नगरपालिकाबाट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट थप रु १२ लाख विनियोजित गरी धार्मिक संरचना निर्माण भइरहेको छ ।

बालकुमारी माताको मन्दिरलगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न रु एक करोड ६६ लाख र पित्तलको छानो छाउन रु ७३ लाखलगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कूल रु तीन करोड ५८ लाखको लागत लाग्ने परियोजनामा उल्लेख छ ।

महायज्ञ सफल पार्न १५१ सदस्य रहेको इ श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले आगामी वैशाख १९ गते शुक्रबारदेखि वैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

महायज्ञबाट कूल रु दुई करोड ५० लाख रकम सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै उहाँले महायज्ञ सम्पन्न भएपछि सङ्कलित रकमबाट आउँदो एक वर्षभित्र मन्दिरका सबै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तरराष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने समितिका रवि चपलछेँ श्रेष्ठले बताउनुभयो । रासस