११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी बढ्दैछ तर सरकार गम्भीर छैन– सहमहामन्त्री डा.महत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरसको अनुगमन गर्नका लागि गठन गरेको कोरोना अनुगमन समितिले सरकारले बिना तयारी र विना ठोस आधार लकडाउन खोलेको र नागरिकलाई महामारीबाट बाँच्नका लागि आवश्यक सहयोगका प्याकेजहरु दिन नसकेकोले देशमा महामारी झन् बढेको आरोप लगाएको छ । 
सरकारले बिना उपलब्धि नै लकडाउनको लामो अवधिको समय खेर फालेको आरोप सो समितिले लगाएको हो । शुक्रबार नेपाल औषधि व्यवसायी संघसँगको अन्तरक्रियामा नेपाली काँग्रेसका सहमहामन्त्री तथा कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सरकारले लकडाउन खोल्दा बढ्न सक्ने संक्रमणप्रति सचेतता अपनाउन नसकेको र कुनै तयारी पनि नगरेको बताएका हुन् ।
संक्रमणको क्रम झनै बढेको भन्दै उनले हाल देशका विभिन्न स्थानमा र पछिल्लो समयमा राजधकानी काठमाडौँमै देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने खतरा पनि उत्पन्न गराएको उल्लेख गर्दै यस्तो अवस्थामा परीक्षण र ट्रेसिङको दायरालाई थप प्रभावकारी रुपमा बढाउनुपर्नेमा जोड दिए ।
उनले भने– यस्तो अवस्थामा त झनै उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी हुनुपर्ने हो तर हामीले भने बमोजिम र जनताले चाहना गरेबमोजिम सरकारको तयारी नभएर अत्यन्तै निराशाजनक र एक किसीमले हेर्दा गैरजिम्मेवारपूर्ण रुपमा सरकार देखिन्छ, त्यसैले यो सरकारप्रति जनताको भरोसा पनि घट्दै गएको छ । 
लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात तथा पछिल्लो समयमा हिजोदेखि खुलेका होटल आदिमा पनि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरुमा पनि सरकार गम्भीर नभएको आरोप सहमहामन्त्री डा. महतले लगाए । 
उनले कांग्रेसको पटक पटक ध्यानाकर्षण गराए पनि सरकारले होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्डअनुरुप सञ्चालन नगरेको बताए । काँग्रेसले स्वास्थ्य परीक्षणको दायरा फराकिलो पार्नुपर्नेमा पटक पटक सरकारको ध्यानाकर्षण गराएको छ तर पनि सरकार भने उल्टो परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भन्दै भ्रामक प्रचार मात्र गरिरहेको उनको भनाई छ । 
सहमहामन्त्री डा.महतले अहिलेकै अवस्थामा उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिमका बारेमा सरकार अब गम्भीर हुनुपर्ने उनले बताए । तर पनि यसतर्फ सरकारको ध्यान नगएको महतले बताए ।
संयोजक डा.महतले भने– ‘परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ, सरकारले लडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान नै दिएन बरु यो भन्दा बढी समय आफ्नै सत्ता जोगाउने खेलमा सरकार लाग्यो ।