२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताउनु भयो ।

उहाँले आमनेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरु लेख्न सकिने बताउनु भयो । उहाँले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको बताउनु भयो । उहाँले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रश्तुत गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साहित्य भन्ने कुरा जहाँसम्म मलाई लाग्छ मान्छेले जीवनमा जे भोगेको हुन्छ, मान्छेले जे अनुभुति गरेको हुन्छ । मान्छेले जे देखेको हुन्छ, जल्लाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ ।

उहाँले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरुको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पिढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । यो हेर्दा के देखिन्छ भने एउटा पाण्डे परिवार खान्दानीया बलियो, नेपाली समाजलाई, मुलुकलाई उकास्ने गोपाल असिम पाण्डे भनेपछि कस्ले नचिन्ने र रु गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तरमनको भावनालाई प्रतुत गर्नुभएको छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताउनु भयो ।