१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छः महेश बर्तौला

तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छः महेश बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उक्त घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट शुरु भएकाले कतै न कतै उहाँका भुमिका भएको दाबी गर्नुभयो ।

उहाँले उक्त घटनामा पूर्वराजा शाहको भुमिकाबारे सार्वजनिक प्रश्न उठेकाले उक्त विषयमा छानबिनबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले उक्त घटना सुनियोजित र प्रायोजित ढंगले गरिएको जिकिर गर्नुभयो । घटनामा सुरक्षा निकायले संवेदनशिलता देखाएकाले थप ठूलो घटना हुनबाट बचेको उहाँको भनाइ छ । उहाँले प्रहरीमाथि हेर्नै नसकिने तरिकाको निर्मम र पाशविक प्रहार भएको बताउनु भयो । उहाँले उक्त घटना कुनैपनि राजनीतिक मागसँग जोडिएको आन्दोलन नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रुर हिसावले दर्ज भएको घटना हो । जिउँदै पत्रकारहरुलाई मारिएको अवस्था छ । सरकारी र व्यक्तिगत घरहरु यसरी आगजनी गरेर यति ठूलो क्षति गराइयो, लुटपाट आगजनी जुन ढंगले भयो, व्यक्ति हत्या जसरी गराइयो । त्यो असाध्यै प्रायोजित ढंगबाट गरिएको यो घटना यसका दोषीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनका लागि, कारबाहीको प्रक्रियामा ल्याउनका लागि जसरी शिघ्राति शिघ्र अपराध कर्मका जोडिएकाहरुलाई नियन्त्रण गरी अनुसन्धानको दायरामा ल्याउने अगाडि बढाउने काम गरेको छ सरकारलाई धन्यवाद दिन्छु ।

गृहमन्त्री र सुरक्षा सम्यन्त्रप्रति आभार व्यक्त गर्न चाहन्छु । त्यसदिन केही प्रहरीमाथि यति धेरै निर्मम र पाशविक ढंगबाट इँटा र ढुंगा प्रहार गरियो त्यो हेर्न सकिने अवस्थामा थिएन । त्यो कुनै आन्दोलन नामबाट हुन्थ्यो भने संविधानले दिएको अधिकार उपयोगका लागि आन्दोलन हुन्थ्यो भने त्यस्तो घटना हुदैन थियो । प्रहरीलाई मार्ने उद्देश्यका साथ गाडी चलाइएको छ ।

प्रहरीसँग बन्दुक थियो, ठूलो दुर्घटना हुन सक्थ्यो मानवीय क्षति हुने भिडियोहरुबाट देख्छौँ, त्यस्तो अवस्थामा पनि प्रहरीले ठूलो संयमता अपनाएको देखिन्छ । फागुन ७ गते पूर्वराजाले प्रजातन्त्रको नामा एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, अभिव्यक्ति दिनुभयो, बेला आएको छ जनताले मलाई साथ देउ भनेर अपिल गर्नुभयो । त्यसपछिका घटना त्यहाँबाट प्रारम्भ भएको देखिन्छ । त्यसकारणले गर्दा त्यति ठुलो घटना हुँदा फागुन ७ गते उहाँ स्वयंले आह्वान गरेको अभिव्यक्ति सार्वजनिक मतबाट उत्साहित भएर जे घटनाहरु पपछिल्लो चरणमा भएका छन् त्यो दिनको घटनासँग जोडेर उहाँले कुनैपनि प्रतिक्रिया पनि आजसम्म दिनुभएको छैन,, जहाँ ठुलो क्षति भएको छ न त मृतकमा श्रद्धाञ्जली, न परिवारजनमा समवेदना ।

उहाँ आफै कहीँ न कहीँ इन्भल्वमेन्ट छ भन्ने कुरा उहाँका आह्वानबाट परेको त्यो दृश्यले गर्दा यो प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि कहीँ न कहीँ जवाफदेहीताको तहमा ल्याइनुपर्छ भन्ने मलाइ लाग्छ । यो पाटोमा सार्वजनिक प्रश्नहरु उठेका छन् । उहाँको सम्लग्नता छ छैन त्यो राज्यको कुरा होला । तर उहाँको आह्वानपछि उठेको यस्तो प्रदर्शन र हिंसात्मक घटनामा उहाँलाई पनि जवाफदेहीताको दायरामा उभ्याउनुपर्छ भन्ने प्रश्नमा सरकारको तर्फबाट केकस्तो भएको छ यसका बारेमा जानकारी पाउन पाए राम्रो हुन्थ्यो ’

प्रमुख सचेतक बर्तौलाले तीनकुने घटनाले तीनकुने क्षेत्र अत्यन्तै संवेदनशील स्थान भएकाले त्यस्ता स्थानमा प्रदर्शन गर्न दिने कुरामा विशेष ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले घटनाको दोषी जो सुकै भएपनि उन्मुक्ति कसैलाई दिन नहुनेमा जोड दिनुभयो ।