३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०औं राष्ट्रिय खेलकुद पुनः स्थगित



अ+ अ-

काठमाडौँ । आगामी जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद स्थगित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । योसँगै १०औं राष्ट्रिय खेलकुद तेस्रोपटक स्थगित हुन पुगेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठमा राष्ट्रिय खेलकुद हुन नसक्ने बताए । एक बोर्ड सदस्यका अनुसार राखेप बैठकमा बोल्दै मन्त्री चौधरीले निर्धारित मितिमा दसौं राष्ट्रिय खेलकुद नहुने निर्णय सुनाएका हुन् ।

यसअघि २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो ।

तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारियो । उक्त समयमा प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरियो ।

तर, बोर्ड बैठकले उक्त मितिमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै प्रतियोगिता स्थगित गरेको हो ।