२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०औं राष्ट्रिय खेलकुद पुनः स्थगित



अ+ अ-

काठमाडौँ । आगामी जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद स्थगित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । योसँगै १०औं राष्ट्रिय खेलकुद तेस्रोपटक स्थगित हुन पुगेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठमा राष्ट्रिय खेलकुद हुन नसक्ने बताए । एक बोर्ड सदस्यका अनुसार राखेप बैठकमा बोल्दै मन्त्री चौधरीले निर्धारित मितिमा दसौं राष्ट्रिय खेलकुद नहुने निर्णय सुनाएका हुन् ।

यसअघि २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो ।

तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारियो । उक्त समयमा प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरियो ।

तर, बोर्ड बैठकले उक्त मितिमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै प्रतियोगिता स्थगित गरेको हो ।