२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने



अ+ अ-

नगरकोट । नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने भएको छ ।

शुक्रवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

नगरकोट भमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको दिन (वैशाख १) मा गर्नुहुनेछ । भ्रमण वर्षको अवसरमा २ र ३ गतेपनि कार्यक्रम सञ्चालन हुनेछ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले बताउनु भयो । उहाँले भ्रमण वर्षको तयारी पूरा भइसकेको र २०८२ भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकपर्ण गराउने समेत मुख्य लक्ष्य लिइएको जानकारी दिनुभयो ।

उहाँले भ्रमण वर्षभर कम्तीमा एकलाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउनु भयो । नगरकोट भ्रमण वर्षलाई लक्षित गरी नगरकोटमा आन्तरिक पर्यटकलाई अवधि सुविधा दिनेगरी नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिसकेको जानकारी दिनुभयो । होटल व्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर नगरकोट आाउने आन्तरिक तथा वाह्य पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।