१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह
अ अ+ अ-

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताउनुभयो । जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिंसाको सत्मार्गलाई सबैले पालना गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्”, मुख्यमन्त्री सिंले भन्नुभयो, “जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।”

उहाँले अहिंसा र मानवतावाद नै अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।

फरक प्रसङ्गमा मुख्यमन्त्री सिंहले पर्साको सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने धारणा राख्नुभयो । “सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।”

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । “जैन धर्मावलम्बीहरु यहाँ न्यून सङ्ख्यामा भए पनि गुणात्मक खालको काम गर्दै आइरहनुभएको छ । आगामी दिनमा पनि सामाजिक र अन्य प्रेरणादायी काम गर्दै अघि बढ्न अनुरोध गर्दछु”, उहाँको भनाइ थियो ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देविसहाय मिनाले महावीरका सत्कर्म र भावनालाई व्यवहारिक जीवनमा उतार्नुपर्ने बताउनुभयो । जैन श्वेताम्बर तेरापन्थी महासभाका उपाध्यक्ष अशोककुमार वैदले महावीरले अपनाउनुभएको अहिंसावादी विचारको प्रचार र अनुशरणको आवश्यकता औँल्याउनुभयो । भगवान् महावीरले अहिंसा, सत्य अपरिग्रह, अनेकान्तवाद र ब्रह्माचार्य आदर्शलाई प्रतिपादन गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो ।