१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट

बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट
अ अ+ अ-

बेलायत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ ।

वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाउनुभएको थियो । उहाँले नेपालको संसद् समावेशी भएको उल्लेद गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

बेलायत र नेपाल दुई देशबीच दुई शताब्दीभन्दा बढी समयदेखि आत्मिय र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वमा जोड दिनुभयो । उहाँले नेपाललाई बेलायतबाट निरन्तर र थप सहयोगको आवश्यकताबारे धारणा राख्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत घिमिरेले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धिको आकांक्षा पूरा गर्न र सन् २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक ९एलडिसी० बाट स्तोन्नतिपछिको प्रगतिलाई दिगो बनाउन, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।

उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावनाबारे धारणा राख्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उहाँले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा निरन्तर सहयोग र सहकार्य गरिरहने विश्वास व्यक्त गर्नुभयो ।