२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने

आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै

आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आज चेन्नई सुपर किंग्स (सीएसके)ले कोलकाता नाइट राइडर्स (केकेआर)को सामना गर्दैछ ।

सिजनको २५ औं खेल अन्तर्गत चेन्नईको एमए चिदम्बरम स्टेडियममा साँझ पौने आठ बजे दुई टोलिबीच प्रतिस्पर्धा हुनेछ ।

महेन्द्र सिंह धोनी फेरि एक पटक चेन्नई सुपर किंग्सको कप्तानी गर्दै देखिनेछन् । टोलीका कप्तान रुतुराज गायकवाड चोटका कारण आइपीएलको १८ औं सिजनबाट बाहिरिएका छन् ।

जारी प्रतियोगितामा चेन्नईले निराशाजनक प्रदर्शन गरेको छ । आफ्नो पाँच खेलमा एकमात्र जित हात पारेको उसले चार खेलमा हार बेहोरेको छ । अर्कोतर्फ, केकेआर भने अंक तालिकामा चेन्नई भन्दा अलि राम्रो स्थानमा छ । साविक विजेता केकेआर पाँच खेलमा दुई जित र तीन हारसहित तालिकामा छैटौं स्थानमा छ ।

आईपीएलमा हालसम्म दुई टोलीबीच ३१ खेल खेलिएका छन् । जसमध्ये चेन्नईले २० खेल जितेको छ भने कोलकाताले ११ खेल जितेको छ । चेन्नईमा दुई टोलीबीच ११ खेल खेलिएका छन् । सिएसकेले ८ र केकेआरले ३ खेल जितेको छ ।

सीएसकेका रचिन रविन्द्र टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ५ खेलमा कुल १४५ रन बनाएका छन् । उनले सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्स विरुद्ध ६५ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।

उनीपछि दोस्रो स्थानमा ऋतुराज गायकवाड छन्, जसले टोलीका लागि ५ खेलमा कुल १२२ रन बनाएका छन् । बलर नूर अहमद ११ विकेटसहित सिजनका सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् ।

केकेआरका लागि अजिंक्य रहाणे सर्वाधिक स्कोरर हुन् । उनले ५ खेलमा १८४ रन बनाएका छन् । रहाणेले पहिलो खेलमा आरसीबीविरुद्ध ५६ रन र लखनऊ विरुद्ध ६१ रनको अर्धशतक बनाएका थिए । बलिङमा, वरुण चक्रवर्तीले ५ खेलमा ६ विकेट लिएका छन् । जारी सिजनमा उनी केकेआरका सर्वाधिक विकेट लिने बलर हुन् ।

कस्तो छ पिच ?
चेन्नईको एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि सहयोगी साबित भएको छ । यहाँ ब्याटिङ गर्न अलि गाह्रो छ । यहाँ अहिलेसम्म जम्मा ८८ आईपीएल खेल खेलिएका छन् । ५१ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ३७ खेल पछ्याउने टोलीले जितेको छ ।

आज चेन्नईको मौसम धेरै गर्मी हुनेछ । दिनभरि चम्किलो घाम लाग्नेछ, कहिलेकाहीं बादल लाग्नेछ । वर्षाको सम्भावना २५ प्रतिशत छ । तापक्रम २९ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

सम्भावित सुरुवाती–११ः
चेन्नई सुपर किंग्सः एमएस धोनी (विकेटकीपर र कप्तान), डेभोन कोनवे, रचिन रविन्द्र, विजय शंकर, रवीन्द्र जडेजा, रविचन्द्रन अश्विन, मुकेश चौधरी, नूर अहमद, मथिश पाथिराना, खलील अहमद, शिवम दुबे ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), सुनील नारायण, क्विन्टन डी कक (विकेटकिपर), भेंकटेश अय्यर, रिंकु सिंह, रमनदीप सिंह, आन्द्रे रसेल, हर्षित राना, वरुण चक्रवर्ती, मोइन अली, वैभव अरोरा ।