१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

एमालेको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढ्यो

एमालेको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढ्यो
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षता तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले नेतृत्वको वर्तमान सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताउनुभयो । देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको उहाँले दाबी गर्नुभयो ।

उहाँले अहिले पनि मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका बताउनुभयो । राजवादीको नाममा काठमाडौंमा गराइएको घटना त्यसकै उदाहरण भएको उहाँको भनाइ छ । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले’, उहाँले भन्नुभयो ।

मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताउनुभयो । अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उहाँको धारणा छ ।

बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताउनुभयो । त्यसैलाई दृष्टिगत गरी नेकपा एमालेले युवा केन्द्रित अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उहाँले जानकारी दिनुभयो । पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा युवा उत्सव गर्न लागेको उहाँले बताउनुभयो ।

ढकालले बैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसंगठनलाई आग्रह गर्नुभयो । यसमा युवाको ऐतिहासिक सहभागिता हुने गरी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य, नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम पार्टी पोलिटब्युरो, केन्द्रीय कमिटीका नेताहरू तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।