१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईदै



अ+ अ-

झापा । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं पठाईएको छ ।

झापा प्रहरीले उनलाई बुद्ध एयरको जहाजमा भद्रपुरबाट बिहान ११ बजेर ५० मिनेटको फ्लाइटमा काठमाडौँ पठाएको हो । उक्त विमान केहिबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुने बताइएको छ ।

प्रहरीले दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागेको हो ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । त्यसपछि प्रसाईं फरार रहेका थिए ।

तस्बिरः राजकुमार ओली/रासस