२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग



अ+ अ-

काठमाडौँ । स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग गरेका छन् ।

चैत २१ गते प्रमुख पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।

उनीहरूले बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न पनि माग गरेका छन् ।

स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाउदै तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने माग गरेका छन् ।

यस्तै, उनीहरुले प्रमुख बालेन शाहको स्वकीय सचिवमाथि पनि कारबाही गर्न माग गरेका छन् । सो घटनापछि मेयर शाहको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनधिकृत ढङ्गले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख, वडाध्यक्षलगायतका सम्मानित व्यक्तिहरू समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरिएको भन्दै उनलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।