काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए ।
आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।










