८ श्रावण २०८३, शुक्रबार
,
Latest
विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय



अ+ अ-

काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरु सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि १० दिनको समय निर्धारण गरेर सूचना सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको आज बसेको बैठकले पदाधिकारीमा इच्छुकको आवेदन लिन १० दिनको समय दिने निर्णय गरेको हो ।

समितिको तेस्रो बैठकले १० दिनको समय निर्धारण गरेर इच्छुकहरूबाट आवेदन माग्ने निर्णय गरेको हो । अब यही निर्णय अनुसार सार्वजनिक सूचना निकाल्ने तयारी समितिले गरेको हो । अब चैत २८ गतेदेखि आवेदन दिने समय सुरु हुनेछ । त्यसका लागि बिहीबार नै सार्वजनिक रूपमा सूचना प्रकाशित गर्ने तयारी छ । यसअघि सात दिनको समय राखेर सूचना निकाल्नेबारे कुराकानी भए पनि उक्त समय थोरै हुनसक्ने भन्दै सर्च कमिटीले १० दिनको समय निर्धारण गरेको हो ।

त्यो समयमा आएका आवेदनमध्येबाट सर्ट लिस्ट तयार हुन्छ । त्यसपछि थप प्रक्रिया अघि बढ्ने छ । कमिटीले प्रतिवेदन बुझाउने समयसम्मको आन्तरिक कार्यतालिका बनाएर काम गरिरहेको छ । अब १० दिनको समयमा कमिटीले विभिन्न सरोकारवाला पक्षहरूसँग भेटघाट र छलफल पनि गर्नेछ । त्यसअन्तर्गत शुक्रबार द्वन्द्व पीडितहरूसँग समितिले छलफल गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को यही चैत ११ गते बसेको बैठकले सिफारिस समिति गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको नेतृत्वमा गठित समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ छन् । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट .लिली थापा सदस्य छन् ।

सिफारिस समितिले परेका निवेदनहरूमध्येबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षसहित १० जनाको नाम सिफारिस गर्नुपर्ने छ ।

हाल दुवै आयोग पदाधिकारीविहीन छन् । पदाधिकारी नहुँदा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार हननका घटनामा छानबिन हुन सकेको छैन । पछिल्लो पटक सरकारले राजनीतिक सहमति गर्दै सङ्घीय संसद्बाट ऐन पारित गरेपछि पनि यो प्रक्रियाले तीव्रता पाउन सकेको थिएन । यसअघि गठित सिफारिस समितिले आयोगका पदाधिकारी सिफारिस गर्न नसकेर त्यसै समय गुजारेको थियो ।




भर्खरै