३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख  डाक्टर धर्मराज उप्रेतीले पदभार ग्रहण गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण लगायत मुलुकका विभिन्न क्षेत्रमा भएका विपद्जन्य क्षतिको पुनस्र्थापनालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पदभार ग्रहणलगत्तै कार्यकारी प्रमुख उप्रेतीले जाजरकोटका १ सय ८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया शुभारम्भ गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो ।

यसअघिको नेतृत्वले गरेका सकारात्मक कार्यहरूको स्वामित्व लिँदै उहाँले अब पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकका लागि कार्यसम्पादनमा गति दिने बताउनु भयो । कार्यकारी प्रमुख उप्रेतीले विपद् आइसकेपछि मात्र सक्रिय हुने पुरानो शैलीलाई परिवर्तन गर्दै आगामी दिनमा ‘विपद् हुनै नदिने’ गरी पूर्वतयारीमा लगानी बढाउने योजना अघि सार्नुभयो ।

यसका लागि पूर्वसूचना प्रणालीको विस्तार, स्थानीय र प्रदेश सरकारको परिचालन तथा ७ सय ५३ वटै स्थानीय तहमा रहेका आपत्कालीन केन्द्रहरूको प्राविधिक र मानवीय क्षमता अभिवृद्धि गरिने उहाँले जानकारी दिनुभयो । नेपालको आन्तरिक स्रोतले मात्र विपद् व्यवस्थापनका चुनौतीहरू सामना गर्न कठिन हुने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय समन्वय र ‘नेगोसिएसन’लाई तिब्र बनाउने बताउनु भयो । साथै, जलवायु वित्तका सन्दर्भमा वन मन्त्रालय र गृह मन्त्रालयबीचको समन्वयलाई थप सुदृढ बनाउँदै प्राधिकरणलाई ‘हानी र नोक्शानी’को फोकल प्वाइन्टका रूपमा स्थापित गर्ने उहाँको योजना छ ।

खहरे खोलाको बाढी, हिमताल विस्फोट, शीतलहर, लु र हावाहुरीजस्ता बहुआयामिक जोखिमहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उप्रेतीले यसलाई न्युनिकरण गर्न सबै मन्त्रालय र विभागको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो । विपद् प्राधिकरण एक्लैको प्रयासले मात्र लक्ष्य प्राप्ति सम्भव नहुने भन्दै उहाँले अन्तर–निकाय समन्वय र सहकार्यका लागि आफू प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । जलवायु विज्ञ उप्रेती दुई दशकदेखि जलवायुजन्य विपद्को क्षेत्रमा सक्रिय हुनुहुन्छ ।