२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी



अ+ अ-

काठमाडौँ। सरकारले घोषणा गरेको आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखती र महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले सीपमूलक तालिम, उद्यमशीलता, प्रशिक्षक प्रशिक्षण तालिम र रोजगारी प्रदान गर्नेसम्बन्धी सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा श्रममन्त्री शरत्सिंह भण्डारीले आन्तरिक रोजगारी प्रवद्र्धन दशकलाई सफल बनाउन निजी क्षेत्रसँग समझदारी गरिएको बताउनुभयो । कार्यकारी निर्देशक बखतीले समझदारीसँगै परम्परागत सीपलाई उद्यमशीलतासँग जोड्ने तथा स्थानीय उत्पादनको प्रवद्र्धन एवं आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष शाक्यले हस्तकला व्यवसायको पुस्तान्तरण र दीगोपनाका लागि सम्झौता गरिएको बताउनुभयो । सीप विकास प्रतिष्ठानसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै उहाँले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रियकरण गर्न सकिएमा छिट्टै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

श्रम मन्त्री भण्डारीको समुपस्थितिमा भएको सो समारोहमा मन्त्रालयका वरिष्ठ अधिकारीहरु तथा महासङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस