९ बैशाख २०८२, मंगलवार
,
Latest
नेपाल उसु महासंघको जज र डिप्लोमा कोर्षको मन्त्री चौधरीद्वारा उद्घाटन अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ‘सूचना प्राविधि पूर्वाधारको पहिलो सर्त’ राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपी ओली कप’ राष्ट्रिय  क्रिकेट : गण्डकी र हिमालयनको लगातार दोस्रो जित



अ+ अ-

कास्की। पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आजको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी पाँचौँ दिनको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले पराजित गरेको हो ।

त्यसैगरी हिमालयन क्रिकेट एकेडेमीले चितवन क्रिकेट क्लबलाई छ विकेटले पराजित ग-यो । गण्डकी र हिमालयन यी दुवै टोलीको यो लगातार दोस्रो जित हो ।  ग्रेट हिमालयसँगको खेलमा जितका लागि एक सय तीन रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो ।

समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनको समान चार अङ्क रहेको छ । सेमिफाइनल प्रवेशका लागि बिहीबार यी दुइ टिम भिड्ने छन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ ।

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धामा छन् ।  विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।