११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय निकुञ्ज घटना: परिवारले बुझ्यो राजकुमारको शव



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर आज बिहान चितवन ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको उनले बताए।

त्रिवि शिक्षण अस्पताल काठमाडौँमा रहेको शव परिवारले चितवन ल्याएको छ । राजकुमारको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । सर्वपक्षीय बैठकले चेपाङलाई कूटपिट गर्नेलाई कानूनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने पहिलो निर्णय गरेको छ । बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउने र शव परिवारले बुझि अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए। 

यही साउन १ गते राप्ती नदीमा माछामार्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवानले कूटपिट गरेको परिवारको आरोप छ । कूटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि यही साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो । मृत्युपछि परिवारले शव बुझ्न अस्वीका गरेको थियो । मृतक राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ ।