४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट तनहुँ फर्किएका कर्मचारीमा कोरोना पोजिटिभ



अ+ अ-

खरा । काठमाडौंबाट तनहुँ हालै फर्किएका एक जना कर्मचारीमा कोरोना संक्रमण पोजिटिभ भेटिएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।

कार्यालयमा विदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाउँको यात्रा गरेका थिए । परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङमा समय लागिरहेको छ । ‘उहाँ काठमाडौंको कुन हस्पिटलमा जानुभएको थियो । कति जनासँग भेट भएको थियो भन्ने खोजी गरिरहेका छौं,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भने ।