८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 2.06

Humidity: 60

Latest
मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै आम्दा अस्पतालमा डाइलासिस सेवा अभिभावकहरुसँग क्षमा माग्दै भर्ना अभियान सुरु गर्न शिक्षाविद् कोइरालाको सुझाव एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुदैन :शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लेक लागेर बिरामी परेका दुई पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष आज सिफारिस गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले बुधबार राति १२ बजदेखि अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुख भट्टसमक्ष उक्त सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले जानकारी दिनुभयो ।

गत माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट ६ विधेयक पारित भएका र १० विधेयक प्रदेशसभामा पेस भएका प्रदेससभा सचिवालयले जनाएको छ । यस अधिवेशनबाट गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार, प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर असुलसम्बन्धी विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पारित भएका थिए ।

अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस भएको छ ।

यस्तै दलित अधिकार तथा सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार, खानी तथा खनिज, भवन निर्माण तथा बस्ती विकास, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवासम्बन्धी र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरिएको छ ।

ती विधेयकमाथि प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो । रासस