३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी भएका सवारीसाधन फेला पारी हस्तान्तरण



अ+ अ-

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका २० थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाहपथको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १३ मोटरसाइकल र सात स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा विभिन्न स्थानबाट खोजीगरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको जगाति, चुनदेवी, बानेश्वर, गौरीघाट, मङ्गलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कलङ्की, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानीलगायत स्थानबाट उक्त सवारीसाधन फेला पारेको थियो । प्रहरीले चालू आर्थिक वर्षमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३८६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारीसाधन चोरीमा संलग्न ५४ जनालाई पक्राउ गरेको छ ।  ट्राफिक प्रहरीले आव २०७९/०८० मा ४९९ वटा र आव ०८०/०८१ मा ४१७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको थियो ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।  रासस