४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्रालयद्वारा आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि पुन: आह्वान



अ+ अ-

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० संसदमा प्रस्तुत भएपछि त्यसविरुद्ध जारी आन्दोलनप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका माग सम्बोधनका लागि मन्त्रालयले वार्ता तथा संवादमार्फत समाधान खोज्न पुन: आग्रह गरेको छ।

यसअघि चैत १२ र १३ गते छलफल तथा परामर्शका लागि मन्त्रालयबाट आह्वान गरिए पनि आन्दोलन कायमै रहेकाले अब चैत १४ गते औपचारिक रूपमा पुन: वार्ता आयोजना गरिएको मन्त्रालयले जानकारी दिएको छ।

शिक्षक महासंघ, विभिन्न संगठन, आन्दोलनरत शिक्षक, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी प्रतिनिधिहरूलाई सहभागिता जनाउन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “समस्या समाधानका लागि खुला संवाद अपरिहार्य भएकोले सबै पक्षलाई वार्तामा सहभागी हुन पुन: आमन्त्रण गरिएको छ।”

मन्त्रालयले शिक्षण–शिक्षण प्रक्रियामा असर नपर्ने गरी शान्तिपूर्ण रूपमा मागहरू प्रस्तुत गर्नुपर्नेमा पनि जोड दिएको छ।