काठमाडौँ । कोरोना संकटबाट जोगाउन तत्काल कर्फ्यु लगाउन नेपालका एकजना वरिष्ठ चिकित्सक प्रेम ज्ञावलीले बताएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउन तत्काल कर्फ्यु लगाउन सुझाव दिएका हुन् । सामाजिक संञ्जालमा आज स्टाटस लेख्दै डा.ज्ञावलीले अब लकडाउनले मात्र काम नगर्ने अबस्था रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् कि कम्तीमा २१ दिन देशका ७७ वटै जिल्लामा कर्फ्यु लगाऊ, सीमाना पूरै बन्द गर सरकार अन्यथा लाश उठाएर सकिने सम्भावना पनि रहने छैन। उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्न नसकिने तर्क गरेका छन्। यस्तो अवस्थामा ब्यक्ति विशेष र मानवअधिकार भन्ने कुरा रहँदैन, उनले भनेका छन् । उनले नेपालीलाई लकडाउनले काम गर्दैन, कफर््यु नै लगाउनुपर्छ भनेका छन् ।
आजैमात्र अर्का एकजना जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले पनि सरकारलाई लकडाउन गर्न सुझाएका थिए । उनले पनि फेसबुकमा स्टाटस लेख्ने सके कफ्र्यु र नत्र लकडाउन भए पनि गर्नुपर्ने अहिले नेपालमा देखा परिरहेको यो खुलम्खुला पनले फाइदा नपुग्ने हानीमात्र गर्ने बताएका छन् ।
चिकित्सकहरुले यो हदसम्मको सिफारिश गरिरहेकै बेला यता मुलुकभर सक्रमितको संख्या बढ्दै गएपछि सरकारले पनि लकडाउनका बारेमा छलफल सुरु गरेको बताइएको छ । केही दिन भित्र जोर बिजोर प्रणाली लागुगर्ने तथा अवस्था हेरी कुनै पनि बेला लकडाउनको घोषणा गर्न सक्ने तयारीमा रहेको जनाईएको छ ।











