९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारे: ज्ञानेन्द्र शाही

गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारे: ज्ञानेन्द्र शाही
अ अ+ अ-

काठमाडौँ । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारेको बताएका छन् ।

राप्रपाले बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए ।

तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै उनले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिए ।

गाउँगाउँमा लुटेराहरूले देश लुटेको भन्दै उनले भने ‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे । १ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए,३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे । राजाले २५ वटा अस्पताल बनाए । यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’

यस्तै, शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन समर्थकहरूलाई आग्रह समेत गरे ।