४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै खेलाडी काठमाडौं आइपुगे

कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै खेलाडी काठमाडौं आइपुगे
अ+ अ-

काठमाडौं । कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाएको छ । 

भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो । त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका थिए । तर जुन ५ मा एशियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्न दबाब परेको थियो । छनोट खेल अन्र्तगत नेपालले घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताउनुभयो । 

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ । छनोट खेलका लागि भदौ पहिलो साता भित्र खेलाडीको पिसिआर परिक्षण गरेर सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई अभ्यास गराउने तयारी भइरहेको उपाध्यायले जानकारी दिनुभयो । बन्दा प्रशिक्षणमा रहदा खेलाडीले विभिन्न समूहमा रहेर अभ्यास गर्ने व्यवस्थापक उपाध्यायले जानकारी दिनुभयो ।

एन्फाले घरेलु छनोट खेल दर्शक विना खेलाउने तयारीका साथ मैदानको मर्मत कार्यलाई पनि तीब्रता दिइरहेको छ । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।