४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

न्यायपालिका र न्यायप्रणालीप्रति अनास्था फैलाउने कार्य अनुचित –नेपाल बार

न्यायपालिका र न्यायप्रणालीप्रति अनास्था फैलाउने कार्य अनुचित –नेपाल बार
अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएनले अदालतको आदेश तथा फैसलाहरुमा बौद्धिक बहस तथा छलफल हुन सक्ने भए पनि यहि बिषयलाई लिएर समग्र न्यायपालीका र न्यायप्रणालीप्रति  अनास्था फैलाउने टिका टिप्पणी र प्रदर्शन गर्ने कार्यलाई उचित मान्न नसकिने जनाएको छ । 

आईतबार बिज्ञप्ति जारी गर्दे कानून ब्यबसायीहरुको छाता संगठन नेपाल बारले त्रुटिपूर्ण रुपमा कुनै फैसालाहरु भएको भए पनि ती प्रक्रिया अन्तरगत अदालतबाट नै सच्चाउने बिधि र प्रक्रिया हुने कुरा पनि बारले स्मरण गराएको छ । 

बारले अदालतको जनआस्थालाई कमजोर पार्ने किसिमका गतिबिधीमा नलाग्न समेत  सबैमा  आग्रह गरेको छ । बार एशोसिएसनले न्यायपालिका र न्यायपरिषद्को काम कारबाहीका सम्बन्धमा बिभिन्न समयमा गम्भीर ध्यानकर्षण गराएको जनाउदै  दिईएका सुझाबहरुलाई गम्भिरतापूर्बक लिई आबश्यक सुधारको प्रक्रिया थालनी गर्न सर्बोच्च अदालत र न्यायपरिषद्संग आग्रहसमेत गरेको छ । 

पेशी सूचि ब्यबस्थापन बिषय लाई स्वचालित प्रणाली अनुसार गर्नुपर्ने न्यायाधीस नियुक्तिका सबालमा उठेका प्रश्नहरुका बारेमा पनि गम्भिर हुन आग्रह गरेको छ । पेशी सूचि पटक पटक अबैज्ञानिक किसिमबाट भएको जनाउदै बारले पटक पटक अवैज्ञानिक किसिमले हुने गरेको कार्यले बढी बिवादित भएको ठहर गरेको छ । 
न्यायपालिकाको सक्षमता स्वतन्त्रता, निष्पक्षता तथा  न्यायीक सदबिवेकको आधारमा कानून बमोजिम न्यायसम्पादन  गर्नुपर्ने कुरामा कुनै बिमति नहुने भन्दै बार एशोसिएसनले आफनो दृष्टिकोण स्पष्ट पारेको छ । 

कहिलेकाही कुनै अदालतबाट भएको आदेश तथा फैसलालाई लिएर भए गरेका टिप्पणीलाई बारले गम्भिरतापूर्बक लिएको जनाएको छ । अदालतको सहयोगी, अदालतको स्वतन्त्रता , सक्षमता निष्पक्षताको पक्षमा बिकृति बिसंगति बिरुद्ध बार एशोसिएसन मूकदर्शक भएर बस्न नसक्ने  जनाएको छ । 

मुलुकभरका कुनै अदालतबाट बिकृति बिसंगति आदेश तथा फैसलाहरु भएको भए केन्द्रिय कार्यलयमा जानकारी गराउन पनि आग्रह गरेको छ । कुनै अदालतबाट भएका आदेश वा फैसलालाई लिएर सञ्चारमाध्यामले उठाएका बिषय तथा जतस्तर बाट भएको बिरोध प्रति सचेत हुदै त्यस्ता आदेश तथा फैसलाहरु हुन नहुने पनि बारले जनाएको छ ।  

अदालतको आदेश तथा फैसलाहरुमा बौद्धिक बहस तथा छलफल हुन सक्ने तर यहि बिषयलाई लिएर समग्र न्यायपालिका र न्यायप्रणालीप्रति अनास्था फैलाउने टिकाटिप्पणी र प्रदर्शन गर्ने कार्यलाई उचित मान्न नसकिने बारले जनाएको छ । त्रुटिपूर्ण रुपमा कुनै फैसालाहरु भएको भए पनि ती प्रक्रिया अन्तरगत अदालतबाट नै सच्चाउने बिधि र प्रक्रियाहुने कुरा पनि बारले स्मरण गराएको छ ।